१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता


195
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ ।

भेटमा नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण र सहकार्यात्मक सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटपछि सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री देउवाले अमेरिकाको निरन्तरको विकास सहकार्यका लागि धन्यवाद दिनुभएको छ ।

उहाँले अमेरिकाबाट आगामी दिनमा अझ उच्चस्तरको आर्थिक सहकार्यको अपेक्षा गरेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा ७५ वर्षे नेपाल–अमेरिका साझेदारी र जनताका तहमा रहेको मजबुत सम्बन्ध लगायत विषयमा छलफल भएको काठमाडौस्थित अमेरिकी दूतावासले जनाएको छ ।