१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘वाह ! अलैंची’ अभियान सुरु


286
Shares

काठमाडौं । अलैँचीको बजार तथा उपभोग प्रवर्धन गर्ने उद्देश्यसहित वाह अलैंची अभियान सुरु गरिएको छ ।

नेपाल अलैँची व्यवसायी महासंघले कृषि मन्त्रालय, प्रदेश १ र स्वीस सरकार विकास सहयोग (एस.डि.सी.) को सहयोग तथा होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा अभियान थालिएको हो ।

यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्तामा नेपाली अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्न केन्द्रित रहने छ ।

बेलायतको रियालिटी कुकरी टिभी शृंखलाका विजेता, शेफ सन्तोष शाह, अभियानको ब्रान्ड एम्बेसेडर रहनुभएको छ । उहाँले नेपाली अलैंचीलाई घरेलु बजारमा प्रवर्धन गर्न विशेष परिकार तयार गर्नुहुने छ । साथै, यो अभियानले युवा आकांक्षी प्रशिक्षार्थी र शेफहरूलाई आफ्नो पाककलामा अभिवृद्धि गर्न र नेपाली अलैंचीलाई नयाँ तरिकाले प्रयोग गर्न मञ्च प्रदान गर्ने जनाइएको छ ।