
रसुवा । रसुवामा पछिल्लो समय सम्बन्धविच्छेदका मुद्दा बढ्न थालेका छन् ।
रसुवा जिल्ला अदालतका अनुसार गत आर्थिक बर्षमा दायर देवानी तथा फौजदारी मुद्दामध्य ७६ प्रतिशत सम्बन्धविच्छेदका मुद्दा छन् ।
रसुवामा गत वर्षको तुलनामा गएको वर्ष सम्बन्धविच्छेदको सङ्ख्या २० प्रतिशतले वृद्धि भएको रसुवा जिल्ला अदालतले जनाएको छ ।
यस्तै, जिल्ला अदालतमा जबर्जस्ती करणी, चोरी, ठगी, ज्यान मार्ने उद्योग, सवारी ज्यान, अपहरण जस्ता मुद्दामा पनि वेद्धि भएको छ । अदालतमा दर्ता भएका मध्य अधिकांश मुद्दा अन्तिम किनारा लागेका छन् ।
प्रतिक्रिया दिनुहोस्