१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तनहुँमा एक वर्षमा ५७९ उद्योग थपिए


221
Shares

काठमाडौं । तनहुँमा एक वर्षमा पाँच सय ७९ उद्योग थपिएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७८/७९ मा ती उद्योग दर्ता भएका हुन् ।

यस अवधिमा उत्पादनमूलक ४७, कृषि तथा वन पैदावरमा आधारित तीन सय २०, खनिजतर्फ एक, पर्यटनतर्फ एक, सेवातर्फ एक सय तीन र पूर्वाधारतर्फ तीन उद्योग थपिएको कार्यालय प्रमुख नारायण ढकालले जानकारी दिनुभयो ।

थपिएका उद्योगमध्ये घरेलुतर्फ ३३ र साना उद्योगतर्फ पाँच सय ४६ छन् । कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता वृद्धि भएको ढकालले बताउनुभयो ।