१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


एक विरामी कोरोना पोजिटिभ देखिएपछि शिक्षण अस्पतालका स्वास्थ्यकर्मीले पनि गराए कोरोना परीक्षण


0
Shares

काठमाडौं, जेठ १ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना संक्रमण परीक्षण गरिएको छ ।

अस्पतालमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मी र कर्मचारीको पनि कोरोना संक्रमण परीक्षण गर्न स्वाब संकलन गरिएको हो ।

वैशाख ३० गते भर्ना भएकी नाक कान घाँटीकी विरामी ६ वर्षीया बालिकाको शल्यक्रियापूर्व कोरोना भाइरसको परीक्षण गर्दा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

नाकमा मासु पलाएकी बालिकालाई दुई दिनअघि कपिलवस्तुबाट शल्यक्रियालाई अस्पताल ल्याइए पनि अहिले शल्यक्रिया रोकिएको जनाइएको छ ।

कुनै लक्षण नदेखिएकी उनलाई परीक्षणपछि संक्रमण पुष्टि भएकाले हाल अस्पतालकै गणेशमान भवनमा सारेर आइसोलेसन क्याविनमा उपचार थालिएको छ ।

बालिकाको सम्पर्कमा पुगेका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन र सेल्फ आइसोलेसनमा बसेर बाँकीलाई नियमित काममा गर्न शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले आग्रह गरेका छन् ।

अस्पतालले हाल आकस्मिकबाहेकका शल्यक्रिया नगर्न र गर्दा पनि पीपीई लगाएर मात्र गर्न आग्रह गरेको छ ।