
अर्घाखाँची, जेठ १ । अर्घाखाँची जिल्लाभर रहेका बैंकिङ, वित्तीय र बीमा क्षेत्रको कारोबार बिहीबार जेठ १ गते १ बजेदेखि बैशाख ५ गतेसम्मका लागि बन्द गराइएको छ ।
जिल्लाभर सम्पूर्ण कारोवार बन्द गर्न जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले निर्देशन दिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जेठ १ गतेदेखि ५ गतेसम्मका लागि बैंकिङ कारोबार रोक्न आदेश दिइएको जानकारी दिए ।
अत्यावश्यक पर्नेले जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी जिप्रकाको समन्वयमा सम्बन्धित बैंक, वित्तीय संस्था र बीमा कम्पनी मार्फत सेवा दिलाइने पनि बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्