
इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग चर्किन थालेको छ ।
उद्घाटन भएको ५ महिना नपुग्दै धावनमार्गको पूर्वतर्फको भाग चर्किएको हो । ७ सय मिटर लम्बाई र २० मिटर चौडाई रहेको धावमार्गको पूर्वतर्फको भाग चर्किएपछि अहिले टाल्ने काम भइरहेको छ । धावनमार्ग निर्माण गर्दा लगाइएको ग्याबिन वालले माटोको भार थेग्न नसकेपछि विमानस्थल झनै जोखिममा परेको छ ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाल र निर्वतमान पर्यटनमन्त्री प्रेम आलेले गत फागुन १ गते धावन मार्गको उद्धघाटन गरेका थिए। गत फागुनदेखि तारा एयरले साेही विमानस्थलमा साताको दुई दिन उडान भर्दै आएकोमा गत जेठ ६ गते यता उडान बन्द गरिएको छ । विमानस्थल निर्माणमा हालसम्म ३० करोड रुपैयाँ खर्च भइसकेको छ ।
विमानस्थलमा घेराबार, टर्मिलन भवन र यात्रु प्रतिक्षालय लगायतका संरचना बन्न बाँकी नै रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्