२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सुनकोशी-मरिण डाईभर्सन आयोजनाकाे काम अझै सुचारु हुन सकेन


338
Shares

सिन्धुली । मजदुरको आन्दोलनले सिन्धुलीमा संचालित राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको निर्माण कार्य तीन दिनदेखि अवरुद्ध भइरहेको छ ।

कामदार-मजदुर र सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको निर्माणकर्ता चाइनीज ठेकेदार चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी कोवेककाबीच भएको वार्ता असफल भएपछि काम सुचारु हुन नसकेको हो । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं २ को कुसुमटार क्षेत्रमा संचालित साेही आयोजनामा काम गर्दै आएका मजदुरहरु तलब भताको विषयलाई लिएर आन्दोलित भएपछि निर्माण कार्य ठप्प भएको हो ।

सोही आयोजनाको विभिन्न टनेल निर्माण क्षेत्र र बाहिरी क्षेत्रका विभन्न काम काजमा संलग्न कामदार–मजदुरहरुले हालै सिन्धुली जिल्लामा पारित भएको दररेट भन्दा कम पारिश्रमिक दिएको विषयलाई मुल मुद्दा बनाएर विरोध गर्दै निर्माण कार्य रोकेका हुन् ।

सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना निमार्णको ठेक्का पाएको चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी कोवेकले भने आयोजनाको काममा कामदार-मजदुरहरुलाई तलब भत्ताको विषयमा विगतममै मन्जुरी गराएको जनाएको छ। सिन्धुली जिल्लाको दररेट निर्धारण समितिले तय गरेको दररेट भन्दा कम पारिश्रमिक तलब सेवा सुविधा अत्यन्तै न्यून रहेकाले उक्त तलबले आफू र परिवार धान्न कठिन भएको भन्दै जिल्ला दररेट अनुसार पारिश्रमिक दिन मजदुरहरुले माग गरेका छन् ।

मजदुरहरुले आफूहरुको माग पूरा नभएसम्म आयोजनाको सम्पूर्ण काम बन्द गरिने बताएका छन् । सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनामा काम गर्दै आएका मजदुरहररुले ८ घण्टा समय काम गरे बापत लेबरले दैनिक सुख्खा ५ सय ८० रुपैया र मिस्त्रीले ७ सय ३५ रुपैयाँ दैनिक पाउने गरेका छन् ।