१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जुम्लामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु


65
Shares

काठमाडौ‌ । जुम्लामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सुर्खेतबाट मुगु जाँदै गरेको लु १ ज ३७३४ नम्बरको जिप जुम्लाको सिञ्जा क्षेत्रस्थित कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा आज (आइतबार) बिहान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हाे ।

जिपमा सवार अन्य पाँच जना यात्रु भने सामान्य रहेको छ । मुगु जिल्ला रारा छाँयानाथ नगरपालिका–२ का २५ वर्षीय दिपक तिरुवाको मृत्यु भएको हो ।

साेही दुर्घटनामा घाइते भएका जिपका चालक दलबहादुर बुढालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याउने तयारी भइरहेको छ ।