१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसदीय समितिलाई कल डिटेलसमेत हेर्न दिइएन : अध्यक्ष ओली


325
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्माबारे छानबिन गर्न गठित संसदीय विशेष समितिलाई कल डिटेलसमेत हेर्न नदिएको भन्दै आक्रोश पोख्नुभएको छ ।

साउन १५ अर्थात खिर खाने दिनको अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले समितिभित्रै रहेका सत्तारूढ दलका सांसदले नै कल डिटेल हेर्न नदिएको बताउनुभयो ।

अध्यक्ष ओलीले शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सीसीटीभी फुटेज नै गायव गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाको भारत भ्रमण प्रति शंका व्यक्त गर्दै त्यसमा पनि राजनीति भइरहेको टिप्पणी गर्नुभयो ।