
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार नागरिकता विधेयक प्रमाणित गर्नुभएको छ ।
संसद सचिवालयका अनुसार सापकोटाले प्रतिनिधि सभामा उत्पत्ति भएर संघीय संसदबाट पारित ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणित गर्नुभएको हो ।
प्रतिनिधिसभाको गत साउन ६ गतेको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको थियो । त्यसैगरी राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ गत साउन १२ गते पारित गरेको थियो ।
प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको विधेयक राष्ट्रियसभाले बहुमतसहित पारित गरेको थियो । सभामुखले प्रमाणित गरेपछि अब यो विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइने छ ।
राष्ट्रपतिको कार्यालयले प्रमाणिकरण गरेर जारी गरेपछि राजपत्रमा प्रकाशित हुनेछ । त्यसपछि नयाँ प्रावधान अनुसार विदेशबाट बिहे गरेर आएका महिलाले तत्कालै नागरिकता पाउनेछन् । त्यस्तै गैरआवासीय नेपालीले पनि दोहोरो नागरिकता पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्