१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्थमन्त्री शर्मालाई २५ दिनपछि पुनः मन्त्रालयको कार्यभार


325
Shares

काठमाडौं । जनार्दन शर्माले विवादमा परेर राजीनामा दिएको २५ दिनपछि पुनः अर्थ मन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गर्नुभएको हो ।

संसदीय छानबिन विशेष समितिबाट सफाई पाउनुभएका शर्माले पुनः अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो ।

नवनियुक्त अर्थमन्त्री शर्माले पदभार ग्रहण पश्चात बोल्दै विश्व अर्थतन्त्रमा समस्या देखिएकोले मुलुकको अर्थतन्त्र सवलिकरण गर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले आत्मनिर्भर र उत्पादनमुखी बजेट ल्याएकाले बजेट कार्यान्वयन गरेर अर्थतन्त्र सवलिकरणका लागि आफू लागि पर्ने प्रतिवद्धता जनाउनुभयो ।

अर्थमन्त्री शर्माले गत आ.व.को बजेट कार्यान्वयनमा भएका कमी कमजोरीलार्ई समीक्षा गर्दै चालु आवको बजेट कार्यान्वयन गरिने समेत बताउनुभयो । उहाँले मन्त्रालयका कर्मचारीहरुको सहकार्यमा मन्त्रालयको काम गर्ने बताउनुभयो ।

मन्त्री शर्माले बजेट कार्यान्वयनका लागि कर्मचारी सबैले सहयोग गर्नेमा आफू विश्वस्त रहेको समेत बताउनुभयो । मन्त्री शर्मा माथि १४ जेठ २०७९ मा बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई मन्त्रालय लगेर करका दर हेरफेर गरेको आरोप लागेको थियो । त्यसबारे छानबिन गर्न समिति बनेकै दिन २२ असारमा शर्माले पदबाट राजीनामा दिनुभएको थियो तर, छानबिन समितिले शर्मालाई लागेको आरोपबाट सफाइ दिएको थियो ।