१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पूर्वपत्नी सामन्थाबारे नागाले भने– हामी दुवै जीवनमा अगाडी बढी सकेका छौं


2.093k
Shares

एजेन्सी । दक्षिण भारतीय अभिनेता नागा चैतन्यले हालै एक अन्तर्वार्तामा आफ्नो व्यक्तिगत जीवनको बारेमा कुरा गरेका छन् ।

उनले आफ्नी पूर्वपत्नी सामन्था रुथ प्रभु जीवनमा अगाडि बढीसकेको र आफु पनि अघि बढेको कुरा बताएका छन् ।नागा भन्छन्, ‘यो निराशाजनक छ। म यहाँ एक अभिनेताको रूपमा छु र सबैले मेरो व्यवसायिक जीवनको बारेमा कुरा गरून् भन्ने चाहन्छु। म मेरो व्यक्तिगत जीवन चर्चाको विषय बनाेस भन्ने चाहन्न । हामी सबैसँग व्यक्तिगत जीवन छ र यही कारणले यसलाई व्यक्तिगत भनिन्छ’।

नागाले थपे, ‘दुर्भाग्यवश यो कामको एक हिस्सा हो, जहाँ तपाइँको व्यक्तिगत ठाउँ पनि कथा बन्छ। त्यसबाट प्रभावित हुने वा नहुने मेरो कुरा हो । वास्तवमा हरेक कलाकारले आफ्नो व्यक्तिगत जीवन अलग राख्नुपर्छ । यो निराशाजनक हुन्छ कि मेरो व्यक्तिगत जीवनले मेरो व्यवसायिक उपलब्धिहरू भन्दा ठूलो विषय बनाउँछ। मलाई लाग्छ कि मैले आफ्नो काममा कडा मेहनत गरिरहनु पर्छ। हाम्रो मामलामा, सामन्था र म अघि बढीसकेका छौं । मैले यसबारे संसारलाई बताउन आवश्यक छैन’।

सामन्थाले ६ अक्टोबर २०१७ मा नागा चैतन्यसँग विवाह गरिन् । विवाहको झण्डै ४ वर्षपछि गत वर्ष अक्टोबरमा दुवैले सामाजिक सञ्जालमा एक पोस्टमार्फत अलग भएको घोषणा गरेका थिए । यी दुईले ‘मनम’, ‘ये माया चेसावे,’ र ‘आटोनगर सूर्य,’ जस्ता धेरै फिल्ममा सँगै काम गरेका छन् ।