
काठमाडौं, जेठ २ । झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं आउन सवारी अनुमति मिलेको छ ।
लकडाउनका कारण दुई महिनादेखि झापाको दमकमा रोकिएका पूर्वराज परिवारलाई काठमाडौँ आउन गृह मन्त्रालयले स्वीकृति दिएको हो ।
बिहीवार जिल्ला प्रशासन कार्यालय झापाबाट सवारी अनुमति पाएका शाहलाई पछि गृहले पास दिन अस्वीकार गरेको थियो ।
तर गृहमन्त्रालयको यो रवैयाको समाचारदेखि सामाजिक सामाजिक सञ्जालसमेतमा आलोचना भएपछि गृहले फेरि काठमाडौं आउने अनुमति दिएको हो ।
शुरुमा आफूहरुले दिएको यात्रा अनुमति गृह मन्त्रालयले रद्द गरिदिएको भएपनि पछि फेरि प्रक्रिया मिलाएर स्वीकृति दिइएको जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामागरले सञ्चारमाध्यमसँग बताए ।
सवारी अनुमति मिलेसँगै पूर्वराजा शाहका परिवार आज (शुक्रबार) विहान ९ बजे झापास्थित हिमालयन चिया बगानबाट काठमाडौंका लागि प्रस्थान गरेको शाहको सचिवालयका एक अधिकारीले जानकारी दिएका छन् ।
लकडाउनपूर्व झापाको दमक पुगेको पूर्वराजा शाह सरकारले लकडाउन घोषणा गरेपछि त्यही बस्दै आएका थिए ।
शाहलाई सवारी अनुमति रोकेकामा राप्रपाका अध्यक्ष कमल थापाले पनि ट्वीटरमार्फत् सरकारको आलोचना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्