१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाली उद्योगमा राखिएका विदेशी मजदुरको लगत संकलन गर्न संसदीय समितिको निर्देशन


78
Shares

काठमाडौं । संसदीय समितिले नेपाली उद्योगमा विदेशी मजदुरहरू राखिएको विषयमा श्रम विभागलाई अनुगमन गरेर लगत संकलन गर्न निर्देशन दिएको छ ।

सोमबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगार र श्रम सम्बन्धि समस्याका विषयमा श्रम मन्त्रीसँगको छलफलपछि समिति सभापति विमलप्रसाद श्रीवास्तवले नेपाली उद्योगमा विदेशी कामदारको लगत संकलन गरी विदेशी कामदारको ठाउँमा स्वदेशी कामदार राख्न निर्देशन दिनुभयो ।

सभापति श्रीवास्तवले कतार, इजरायल तथा दक्षिण कोरियामा अहिलेसम्म श्रम मन्त्रालयबाट भए, गरेका कार्य प्रगतिको विवरण समितिमा पठाउन मन्त्रालयलाई निर्देशन दिनुभयो ।

सभापति श्रीवास्तवले नेपाली उद्योगमा स्वदेशी कामदार राख्ने विषयमा आपसी सहयोगका लागि समिति सदस्यहरुलाई पनि सहभागी गराउन निर्देशन दिनुभयो ।

समितिले सम्बन्धित मन्त्रालयहरु उद्योग,श्रम र भौतिक पूर्वाधार तथा अन्य निकायहरुसँग समन्वय गरी श्रम मन्त्रालयको नेतृत्वमा छलफल गरेर उद्योग मजदुरको समस्याको विषयमा श्रम मन्त्रालयले पहल गर्न मन्त्रालयलाई निर्देशन दिएको छ ।