२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


म्यानमारमा थप ६ महिना संकटकाल लम्बाइयो


65
Shares

काठमाडौं । म्यानमारमा राष्ट्रिय संकटकालीन अवस्थालाई थप ६ महिना लम्ब्याइएको छ ।

म्यानमारको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले आगामी ६ महिनासम्मका लागि संकटकाल लम्बाएको हो । सोही काउन्सिलले म्यानमारमा हाल जारी रहेको संकटकालीन अवस्था थप ६ महिना थपिएको जनाएकाे छ ।

काउन्सिलले त्यहाँ आम निर्वाचन गर्ने प्रयोजनका लागि समय आवश्यक रहेको भन्दै त्यसका लागि संकटकालीन अवस्था भएकाले थप ६ महिना थप्नु परेको बताएकाे छ । म्यानमारमा प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर सैनिकले सत्ता हत्याएको छ।

सैनिक सरकारले बहुदलीय प्रतिस्पर्धात्मक आम निर्वाचन गर्ने तयारी थालेको जनाएको छ ।