
काठमाडौं, जेठ २ । राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रममा यस वर्ष ‘यो सरकार’ भन्दै सम्बोधन गरेकी छन् ।
गत वर्षको नीति तथा कार्यक्रममा प्रयोग भएको ‘मेरो सरकार’ हटेर यो वर्ष ‘यो सरकार’ मा परिवर्तन गरिएको हो ।
गत वर्षको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भन्दै सम्बोधन गरेपछि यो शैलीको सर्वत्र आलोचना भएको थियो । सरकारले भने अन्यत्र पनि यस्तो अभ्यास रहेको भन्दै बचाउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्