१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तेह्रथुममा मुस्ली प्रहार गरि छाेराले गरे बुबाको हत्या


5.499k
Shares

तेह्रथुम । तेह्रथुमकाे छथर गाउँपालिका-५ ओख्रे ठकुरी गाउँमा छोराले आफ्नै बुबालाई मुस्ली प्रहारगरि हत्या गरेका छन् ।

२४ वर्षीया टंक भण्डारीले आफ्नै बुबा ५३ वर्षका भक्तहादुर भण्डारीलाई मुस्ली प्रहार गरी हत्या गरेकोे जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घरमा के कारणले विवाद भएको हाे भन्ने विषय भने खुल्न नसकेको र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मुुस्ली प्रहारबाट गम्भीर घाइते भएका भक्तबहादुरको उपचारको क्रममा छथर अस्पतालमा मृत्यु भएको हो । मृतकको शवलाई पोष्टमार्टमका लागि धनकुटा लाने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुम प्रहरी नायब उपरीक्षक निशान थापाले बताउनुभयो ।

मुस्ली प्रहार गर्ने टंक भने फरार रहेकोले खाेजी कार्य भईरहेको उहाँले बताउनुभयाे ।