१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुदूरपश्चिमा बढ्यो अपराधका घटनाहरु


0
Shares

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा अपराधका घटनाहरु बढ्दै गएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कर्तव्य ज्यान ५८, जबर्जस्तीकरणी २३५, अपहरण तथा शरिर बन्धक ३, मानव बेचबिखन ८ गरि जघन्य अपराध ३०१, ज्यान मार्ने उद्योग ७३, गर्भ संरक्षण विरुद्धको कसुर १, आत्महत्या दुरुत्साहन ३०, डाँकाचोरी ४ र अन्य चोरी १७६ गरि जम्मा २८४ गम्भीर अपराध तथा सार्वजनिक शान्ति सुरक्षा ्विरुद्ध १३२, भेदभाव तथा अन्य अपमानजन्य व्यवहार २०१, सार्वजनिक स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा ४४७ गरि जम्मा ७८० मुद्दा दर्ता भएको जनाएको छ ।

यस्तै, महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्धको अपराधमा पनि जबर्जस्तीकरणी, बालयौन दुराचार, ज्यान मार्ने उद्योग, बालविवाह, बहुविवाह, अवैध गर्भपतन, बोक्सी आरोप, जातीय छुवाछुत लगायतका ४२७ घटनाहरु उजुरीको रुपमा दर्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सामाजिक सञ्जालको बढदो प्रयोग र दुरुपयोग, सामाजिक विकृति, उदण्डता, सामाजिक कुरिती, जातीय विभेद, अशिक्षा गरिबी तथा अन्ध विश्वास, घरायसी रिसिईबी, अवैध सम्बन्ध, प्रेम सम्बन्ध र परिबन्ध एवं यौनजन्य अपराध प्रसय गर्ने जस्ता बिबिध कारणहरु रहेको प्रहरीले जनाएको छ ।

अधिकांश घटना तथा अपराधहरु आर्थिक वर्ष २०७८/०७९ मा विगतको तुलनामा त्रिबर्षिय तथ्यांकको आधारमा वृद्धि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालकिा प्रवक्ता भोला रावलले जानकारी दिनुभयो ।