३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


शेयर बजारमा सामान्य करेक्सन, कारोबार सवा ३ अर्ब


104
Shares

काठमाडौं । पछिल्ला दिन सकारात्मक रहँदै आएको शेयर बजारमा मंगलबार सामान्य अंकको करेक्सन आयो ।

दिनभर उतार चढावबीच बजार परिसूचक नेप्से करिब ३ अंकले ऋणात्मक रहेर २१ सय ९३ कायम भएर थामियो । मंगलबार पनि नेप्से थुप्रै पटक सकारात्मक रहेको थियो । कारोबार पछिल्ला दिनका तुलनामा सामान्य घटेर सवा ३ अर्ब हाराहारीमा सीमित रह्यो ।

मंगलबार ७ वटा समूह ओरालो लाग्दा ६ वटा समूह उकालो लागे । यस दिन लघुवित्त, व्यापार, वित्त, जलविद्युत, दोहोरो अंकले सुधारिए । उत्पादनमूलक र सामूहिक लगानी कोष नगन्य अंकले हरियो रहँदा बाँकी समूह भने ऋणात्मक रहे ।

मंगलबार नेपाल स्टक एक्सचेन्जमा २ सय १७ कम्पनीको ७८ लाख कित्ता शेयर ३ अर्ब २९ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

मंगलबार ९२ कम्पनीको शेयर मूल्य घट्दा ८२ कम्पनीको बढ्यो । घटेको बजारमा पनि विन्ध्यबासिनी हाइड्रो, समलिङ पावर, हिमाल दोलखा हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।