२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


दक्षिण कोरियामा एकैदिन थपिए १ लाखबढी कोरोना संक्रमित


0
Shares

एजेन्सी । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा १ लाख ११ हजार ७ सय ८९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने एकैदिन १६ जनाको मृत्यु भएको छ ।

दक्षिण कोरिायमा कोरोना संक्रमितको कुल संख्या १ करोड ९९ लाख ३२ हजार चार सय ३९ पुगेको दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

दक्षिण कोरियामा सोमबार एकैदिन ४४ हजार छ सय ८९ जना संक्रमित भएकोको यो संख्या ह्वातै बढेको छ । गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या २ सय ८२ पुगेको छ ।