
सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०७८/७९ मा २ करोड ३५ लाख राजस्व संकलन गरेको छ ।
राहदानीबाट २ करोड २७ लाख ९० हजार, प्रशासनिक दण्ड जरिवानाबाट ४ लाख २९ हजार, हात हतियार नवीकरणबाट २१ हजार र अन्य सेवा शुल्क मार्फत २ लाख ७७ हजार ६ सय ५० गरी जम्मा २ करोड ३५ लाख ४० हजार रुपैयाँ संकलन गरेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको हो ।
परीक्षा शुल्कबाट १७ हजार र सरकारी सामान बिक्रीबाट ५ हजार राजस्व संकलन भएको पनि प्रशासनले जानकारी दिएको छ ।गत आर्थिक वर्षमा ९३ लाख ८२ हजार २ सय ३६ मात्र राजस्व संकलन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्