१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विप्लव विरुद्ध अनुचित मुद्दा लगाउनु उचित होइन : महासचिव पोखेरल


169
Shares

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव ) सहितका नेताविरुद्ध अनुचित खालको मुद्दाहरू लगाउने कुरा उचित नहुने बताउनुभयो ।

आज (बुधबार) दाङको तुलसीपुरमा प्रेस चौतारी नेपाल दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले विप्लव नेतृत्वकाे पार्टीलाई केपी शर्मा ओली नेतृत्व सरकारले मुलाधारको राजनीतिमा ल्याएको समेत बताउनुभयाे । उनीहरूमाथि अनुचित मुद्दाहरू लगाउने खालको कुरा उचित नहुने पनि उहाँले प्रष्ट पार्नुभयो । उहाँले पूराना घटनाका आधारमा मुद्दा चलाउने कुरा उचित नभएको पनि बताउनुभयो ।

त्यस्तै, महासचिव पोखरेलले अहिलेको पाँच दलीय गठबन्धको सरकारले सरकार सञ्चालन गरेको एक वर्षमा यो मुलुकलाई अगाडि बढाउनेतर्फ भन्दा पनि देशलाई संकटतर्फ धकेलेको आरोप लगाउनुभयो । उहाँले सरकार पूर्णरूपमा असफल भएको भन्दै भष्ट्राचार र महँगीले सीमा नाघेको पनि आरोप लागउनुभयो ।

उहाँले गठबन्धनको सरकार बनेपछि राष्ट्रियहितका प्रश्नहरू कम्जोर बनेको जनताको विकास र समृद्धिको चाहना अवरोध भएको बताउनुभयो । उहाँले मुलुकको आर्थिक अवस्था नाजुक गरिएको र नेपाल विदेशी शक्ति केन्द्रहरूको क्रिडास्थल बन्ने खतरा रहेको पनि दावी गर्नुभयो । उहाँले मंसिरमा हुनु पर्ने चुवानको मिति तोक्न समेत अहिलेको सरकार अलमल गरेको बताउनुभयो ।