
एजेन्सी । जापान सरकारले मंकीपक्सबाट बच्न बिफर खोपलाई स्वीकृति दिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आधिकारिक रूपमा मंकीपक्स अन्तर्राष्ट्रिय चिन्ताको विषय भन्दै स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
मंकीपक्सविरुद्ध बिफरको खोप ८५ प्रतिशत प्रभावकारी हुने त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुई जापानीमा मंकीपक्सको सक्रमण देखिएपछि यो खोप प्रयोगको स्वीकृति दिइएको हो ।
यसैबीच, जापानमा बिफरविरुद्धको खोपको पर्याप्त मौज्दात रहेपनि स्वास्थ्यकर्मी, प्रयोगशालाका कर्मचारी र स्वास्थ्य केन्द्रका कर्मचारीलाई खोप उपलब्ध गराउने वा नगराउने भन्ने विषयमा निर्णय भइनसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्