
काठमाडौं । संसदीय समितिले अमेरिकी स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी)मा प्रधानसेनापतिले भाग लिएको विषयमा सरकारले स्पष्ट जानकारी दिनुपर्ने बताएको छ ।
बिहीबार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकले समितिले निर्देशन दिएको बैठकमा मन्त्री, सचिव र प्रधानसेनापति उपस्थित नहुनेले झनै यसमा सशंकित बनाएको निस्कर्ष निकालेको हो ।
बैठकमा बोल्दै समिति सभापति निरादेवी जैरुले समितिले बोलाएको बैठकमा मन्त्रीको काम आइपरे पनि रक्षा मन्त्रालयका सचिव र प्रधानसेपति किन नआउनुभएको भन्दै प्रश्न गर्नुभयो । उहाँले सम्बन्धित मन्त्रालय, परराष्ट्र मन्त्रालय र प्रधानसेनापतिलाई तत्काल समितिमा उपस्थितिका लागि पत्राचार गर्न समिति सचिवलाई निर्देशन दिनुभयो ।
सभापति जैरुले २०७२ भदौ २४, २०७२ साल ६ महिना १३ गते भएको, २०७२ साल कार्तिक १० मा भएको, २०७४ साल १ महिना २४ गते भएको, वैशाख २१ गते भएको र २०७६ ४ महिना २७ गते भएको एसपीपी सम्झौता सम्बन्धी दस्ताबेज समितिले अध्ययनका लागि मागेको भन्दै समितिलाई अध्ययनका लागि उपलब्ध गराउन निर्देशन दिनुभयो ।
उहाँले आईपीएसको बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले भाग लिएको बारे सरकारले जानकारी गराउनुपर्ने माग गरेको छ । समितिको निर्देशनअनुसार सम्बन्धित व्यक्तिहरु उपस्थित नहुनुले समितिको अधिकार क्षेत्र नै कमजोर पारिएको भान समितिलाई भएको बताउनुभयो । उहाँले निर्देशन विपरित सरकार जाने हो भने समितिको मर्यादा र समितिलाई सरकारले हेर्ने दृष्टि के हुन्छ भन्दै प्रश्न गर्नुभयो ।
समितिले आजको बैठकमा छलफलका लागिा परराष्ट्रमन्त्री, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख, प्रधानसेनापति लगायतलाई बोलाएको थियो ।
प्रतिक्रिया दिनुहोस्