
सोलुखुम्बु । सोलुखुम्बुबाट एक आर्थिक वर्षमा १ हजार २४८ क्विन्टल जडिबुटी निकासी भएको छ ।
गत आर्थिक वर्ष २०७८/०७९ मा जिल्लाको सामुदायिक, नीजि र राष्ट्रिय वन क्षेत्रबाट जडिबुटी निकासी भएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
कार्यालयका सहायक वन अधिकृत आनन्द चौधरीले सामूदायिक वनबाट ६० हजार ६ सय १० किलो, निजी वनबाट ४९ हजार १ सय किलो र राष्ट्रिय वनबाट १५ हजार १ सय २० किलो जडिबुटी निकासी भएको हो ।
लिखुपिके, सोताङ, महाकुलुङ र माप्यदूधकोशी गाउँपालिका क्षेत्रबाट बढी मात्रामा गैर काष्ठ वन पैदावर निकासी भएको वन कार्यालयले जनाएको छ ।
वनबाट मछिनो, चिराईतो, मजिठो, लोक्ता, अर्गेली, कालो तथा सेतो मुस्ली, धुपीको पात तथा चोइटा, मलागिरी, तितेपाती, विषजरा, गोब्रे सल्लाको पात, कुट्की, पदमचाल लगायतका जडिबुटी निकासी हुने गरेको अधिकृत चौधरीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्