
एजेन्सी । बलिउड अभिनेत्री ऋचा चड्डा र अभिनेता अली फजल यस वर्ष विवाह बन्धनमा बाधिँने भएका छन् ।
यसअघि सन् २०२१ मा विवाह गर्न लागेको यो जोडीले कोरोना महामारीका कारण विवाह स्थगित गरेका थिए । त्यसपछि यी दुवैले मार्च २०२२ मा विवाह गर्ने सोच बनाएका थिए । तर, त्यतिबेला पनि विवाह हुन सकेन ।
भारतीय सञ्चार माध्यामका अनुसार उनीहरू आगामी सेप्टेम्बर महिनामा विवाह गर्ने तयारीमा छन् । बिहेको तयारी तिब्र रूपमा भैरहेको पारिवारिक स्रोतले बताएको छ । । विवाह मुम्बई र दिल्लीमा हुनेछ, जसमा नजिकका साथीहरू र परिवारको उपस्थिति हुनेछ।
अली फजल र ऋचा चड्ढा धेरै वर्षदेखि प्रेममा थिए । उनीहरू अहिले सँगै बस्दै आइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्