१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


कोरोनाबाट मृत्यु भएकी महिलाप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त


0
Shares

काठमाडौं, जेठ ४ । नेपालमा पहिलो पटक कोरोना भाईरसको संक्रमणबाट मृत्यु भएकी महिलाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले समवेदना प्रकट गरेका छन् ।

कोरोनाका कारण नेपालमा पहिलो पटक २९ वर्षीया महिलाको मृत्यु भएको भोलिपल्ट आईतबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री ओलीले महिलाको मृत्युको खरबले आफुलाई दुःखी बनाएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बाबजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले आफूलाईअत्यन्त दुःखी तुल्याएको भन्दै उनले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु भनेका हुन् ।

यस महामारीबाटअरू मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने पनि उनले उल्लेख गरेका छन् ।