२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


वाणिज्य बैंकहरुमा तत्काल व्याजदर बढ्दैन : बैंकर्स एसोसिएन


0
Shares

काठमाडौं । वाणिज्य बैंकहरुमा तत्काल व्याज नबढ्ने भएको छ ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएनको शुक्रबार बसेको बैठकले साउनका लागि यसअघि तोकिएको व्याजदरलाई नै यथावत राख्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकको हिजोको एकीकृत निर्देशनसँगै अहिले पनि व्याजदर परिवर्तन गर्न मिल्ने भएपनि यो महिनालाई कायम गरिएको व्याजदर नचलाउने बैंकहरुबीच सहमति भएको हो । राष्ट्र बैंकद्वारा जारी निर्देशनमा राष्ट्र बैंकले तय गर्ने बैंक दर तथा नीतिगत दर परिवर्तन भएमा तत्काल ब्याजदर परिवर्तन गरी प्रकाशन गर्न सकिने व्यवस्था गरेको छ ।

संघले भने तत्काल व्याज नबढाउने र पुरानै व्याजलाई निरन्तरता दिने निर्णय गरेको हो । निक्षेपमा दिने व्याजदर मासिक रुपमा मात्र परिवर्तन गर्न सकिने व्यवस्था रहेको छ । साउनका लागि व्याजदर असारकै सरह राख्ने सहमति भएपनि भदौका लागि भने यसै महिनाको अन्तिममा छलफल गरेर तय गरिने संघले जनाएको छ ।

यस्तै, राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था गरेको छ । योेसँगै संघले संस्थागत मुद्दती निक्षेपको ब्याज घटाउने निर्णय गरेको पनि जनाएको छ ।