२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


डडेल्धुरामा दुई हजार मतदाता थपिए


78
Shares

डडेल्धुरा । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा दुई हजार २ सय मतदाता थपिएका छन् ।

स्थानीय तहको निर्वाचन पछि जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा २ हजार २ सय मतदाता थप भएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ ।

थप भएका मतदातामध्य ११ सय ७४ पुरुष र एक हजार ३४ महिला रहेको जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिनुभयो ।

मंसिर ४ गते सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ ।