१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


इथियोपियाका दुई करोड मानिसलाई सहायताको खाँचो


52
Shares

एजेन्सी । संयुक्त राष्ट्रसंघले इथियोपियाका दुई करोडभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको बताएको छ ।

संयुक्त राष्ट्रसंघको मानवीय सहायता सम्बन्धी एजेन्सी (ओचा)ले सन् २०२२ मा इथियोपियामा दुई करोडभन्दा बढी मानवीय सहायताको खाँचो रहेको औंल्याएको हो ।

इथियोपियामा आन्तरिक द्वन्द्व, खडेरी तथा प्राकृतिक प्रकोपका कारण नागरिकमा मानवीय सहायताको खाँचो बढ्दै गएको राष्ट्रसंघको भनाई छ । मानविय सहायताको आवश्यकता भएका सर्वसाधारणको संख्यामा दुई तिहाई महिला तथा बालबालिका रहेका छन् ।