
पोखरा । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले प्रधानमन्त्री बन्नका लागि दिल्ली होइन जनताको घर दैलो जानुपर्ने बताउनुभएको छ ।
शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालको प्रधानमन्त्री नेपाली जनताले बताउने बताउँदै दिल्ली धाउनु नपर्ने बताउनुभयो ।
केही दिन अगाडी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दिल्ली गएकोतर्फ इन्गित गदंै नेता विजुक्छेले नेपाली जनताको मन जितेर सरकार बताउनुपर्छ दिल्लीमा गएर सरकार बनाउन माग र्ने होइन भन्नुभयो ।
उहाँले दलहरुले चुनावी घोषणापत्र विपरीतका पार्र्टीसँग गठबन्धन गरेर सरकार बनाउन नहुने बताउनुभयो । नेता विजुक्छेले घोषणापत्रमा वामपन्थी हुने तर दक्षिणपन्थीसँग गएर सरकार बताउन नमिल्ने उल्लेख गर्नुभयो ।
उहाँले चीन र अमेरिकाबीच बढ्दो तनावका कारण नेपाललाई पनि अप्ठेरो पर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्