२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


विपद् जुनसुकै बेला आउन सक्ने भएकाले तयारी अवस्थामा रहन गृहमन्त्री खाँणको निर्देशन


468
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपद्को घटनामा जनधनको क्षति हुन नदिन तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ ।

शुक्रबार गृह मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाँणले विपद् जुनसुकै बेला आउन सक्ने भएकोले पूर्व सूचना प्रणालीलाई चुस्त बनाउँदै तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो ।

बैठकमा उपस्थित विषयगत मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरुलाई गृहमन्त्री खाँडले जिल्लास्तरीय मातहतका निकायलाई समन्वयात्मक ढंगले काम गर्नेगरि संयन्त्र बनाउन पनि निर्देशन दिनुभयो ।

मनसुन जन्य विपद्ले निम्त्याउने जोखिम हरेक वर्ष बढिरहेको अबस्थालाई मध्य नजर गर्दै सबै निकायले आफुसंग भएका पूर्व सूचनालाई बाँडेर काम गर्न पनि गृहमन्त्री खाँडले निर्देशन दिनुभयो ।

विपदजन्य जोखिम विरुद्ध लड्न एक्लै सम्भव नभएकोले स्थानीय सरकार र प्रदेश सरकार सँग मिलेर योजना बनाएर काम गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिनुभयो ।

मनसुनको सिजनमा सबैभन्दा पहिला बाटो बिग्रने र अवरोध सृजना हुने भएकोले स्थानीय बाटो सडकलाई बिग्रन नदिने बिग्रिहाले समयमा नै मर्मत गर्ने अवरोध हटाउन विशेष ध्यान दिएर काम गर्न सबै निकायलाई निर्देशन दिनुभयो ।

यस्तै, बैठकले विपद सम्बन्धी कोष परिचालन गर्ने कार्यविधि पास गरेको छ । विपद् सम्बन्धी कोष परिचालन गर्ने कार्यविधि पास भए पछि सरकारले बनाएको कोषबाट रकम निकालेर राहत उद्धारमा आवश्यक खर्च गर्न अर्थमन्त्रालयको स्विकृती लिनुपर्ने अवस्था हटेको छ ।