
तेह्रथुम । घरेलु तथा साना उद्योग कार्यालयले सीपमुलक तालिमसँगै उपकरण हस्तान्तरण गरेपछि तेह्रथुमका उद्योगी व्यवसायी खुशी भएका छन् ।
उद्योग सञ्चालन गर्न ऋण लिएर लगानी गर्दै आएका व्यवसायी उद्योग कार्यालयकाे सहयोग पाएपछि खुशी भएका हुन् । महिलाहरु भने कृषि, पशुपालन, ढाका, सिलाई-कटाई र दुग्ध उत्पादन कृषि औजार निर्माण लगायतका व्यवसाय गर्दै आएका छन् ।
घरेलु कार्यालयको सहयोगमा छिटो, आकर्षक, गुणस्तरीय उत्पादन र आम्दानीमा समेत सहयोग पुगेको उद्योगीहरुले बताएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले उद्योग प्रशासन, वाणिज्य प्रशासन र सीप विकास कार्यक्रम लगायतका काम गर्दै आएको छ ।
प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ मा ४१ वटा उद्योगलाई प्रविधि हस्तान्तरण गरिएको कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्