१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


वुमन्स क्लब च्याम्पियनसिप खेल्न सावित्रा भारतमा


247
Shares

काठमाडौं । यसै महिना हुने एएफसी वुमन्स क्लब च्याम्पियनसिप खेल्न राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी शनिबार भारत प्रस्थान गरेकी छन् ।

सावित्रा गत महिना मात्र पुनः भारतीय क्लब गोकुलम केरेला एफसीमा आबद्ध भएकी थिइन् । अर्को महिना स्वदेशमा आयोजना हुने साफ च्याम्पियनसिप अघि सावित्रा व्यवसायिक फुटबल खेल्न भारत गएकी हुन् ।

दुई वर्षअघि सावित्राकै महत्वपूर्ण भूमिकाबाट प्रेरित गोलकुलमले महिला लिग आइडब्लू एफको उपाधि जितेको थियो ।

त्यतिबेला प्ले अफ चरण पार्दै अघि बढेको गोकुलम अपराजित रहँदै फाइनल पुग्दा सावित्राले उच्च प्रदर्शन गरेकी थिइन् । सावित्राले लिगका सबै खेलमा गोल गरेकी थिइन् ।

उच्च गोलकर्ताको शीर्षस्थानमा रहेकी सावित्राले १६ गोल गरिन् । सन् २०१९ मा पहिलो पटक सावित्राले सेथु एफसीबाट खेल्दा पनि टोलीलाई च्याम्पियन बनाएकी थिइन् । त्यति बेला उनले टोलीका लागि १४ गोल गरेकी थिइन् ।

गत वर्ष भने चोटका कारण लामो समय सावित्रा मैदान बाहिर रहेकी थिइन् ।