
काठमाडौं । आगामी भदौ ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लाखे’को प्रदर्शन मिति परिर्वतन भएको छ ।
मिति परिर्वतन गर्दै फिल्मलाई कात्तिक ११ गते अर्थात भाईटीकाको भोलिपल्टका लागि नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । भिएफएक्स, मिक्सिङ्ग लगायतका प्राविधिक काम भारतको मुम्बईमा भइरहेकाले भदौ ३१ मा प्रदर्शन गर्न सम्भव नभएको कारण फिल्मको प्रर्दशन मिति परिर्वतन गरेको फिल्म निर्माण पक्षले बताएका छन् ।
फिल्ममा सौगात मल्ल, अनुप विक्रम शाही, वर्षा राउत, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, अर्पण थापा, रोहित रुम्बा, सन्जोग राणाको अभिनय रहेको छ ।
सिजन अर्यालको कथा रहेको यस फिल्ममा निर्माता पनि आर्याल नै रहेका छन् । निर्देशक सम्राट बस्नेतले निर्देशन गरेको यस फिल्ममा हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।
सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा दीपक बज्रचार्यको संगीत, कविराज गहतराजको कोरियोग्राफी र सम्राट बस्नेतकै द्वन्द्व निर्देशन रहेको छ ।
फिल्मको गत महिना टिजर सार्वजनिक गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्