२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बैतडीका ८ स्थानीय तह पहिरोको उच्च जोखिममा


65
Shares

बैतडी । बैतडीका ८ स्थानीय तह पहिरोको उच्च जोखिममा परेका छन् ।

जिल्लाको दशरथचन्द, मेलौली पुरचौंडी नगरपालिका, पञ्चेश्वर, शिवनाथ, सिगास, दोगडाकेदार र डिलाशैनी गाउँपालिका पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाले आठ वटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेको बताएको हो ।

यस्तै, जिल्लाका तीन स्थानीय तहमा बाढीको समेत जोखिम रहेको समितिले उल्लेख गरेको छ । सिगास, दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा अन्यत्रको तुलनामा बाढीको जोखिम रहेको बताइएको छ ।