२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भदौ २ गतेदेखि अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुँदै


208
Shares

काठमाडौं । भदौ पहिलो साता ललितपुरमा छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुँदैछ ।

महिला उद्यमी महासंघले भदौ २ देखि ६ गतेसम्म ललितपुरको सानेपा हेरिटेज गार्डेनमा व्यापार मेला गर्न लागेको हो । महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनमा महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले छरिएर रहेका महिला उद्यमीहरुलाई एउटै स्थानमा ल्याएर बजार व्यवस्थापन मात्रै नभइ व्यवसाय सञ्जाल बढाउने व्यापार मेला गर्दै आएको बताउनुभयो ।

उहाँले मेलालाई व्यावसायिक ज्ञान र अनुभव साटासाट गर्ने माध्यमको रुपमा लिएको बताउनु भयो । संयोजक शोभा ज्ञवालीले मेलामा जिल्लास्तरदेखि अन्तर्राष्ट्रिय महिलाहरुले उत्पादन गरेका सामग्री राखिने बताउनुभयो । १ सय ९ स्टल राखिने मेलामा नेपाली महिला उद्यमीबाहेक भारत पाकिस्तान, बङ्गलादेशका महिला उद्यमीको समेत सहभागिता रहने जनाइएको छ ।