
काठमाडौं । माछापुच्छ्रे बैंकले जेष्ठ नागरिक मिलन केन्द्रलाई २५ थान कुर्सी हस्तान्तरण गरेको छ ।
आइतबार बैंकले काठमाडौंको सुकेधारा स्थित नवटोल सुधार समिति, नयांकोलोनी सुकेधाराको सक्रियतामा स्थापित एवं संचालित नव पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्रलाई २५ थान कुर्सी हस्तान्तरण गरेको हो ।
नवटोल सुधार समितिले आयोजना गरेको त्यस कार्यक्रममा माछापुच्छ्रे बैंक सञ्चालक समितिका सदस्य जय मुकुन्द खनाल, हरि भक्त सिग्देल र बैंकका नायव प्रमुख प्रतिमा पाण्डेले उक्त कुर्सी नवटोल सुधार समितिलाई हस्तान्तरण गर्नु भएको हो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिकको सुविधाको लागि पुस्तकालयलाई उक्त कुर्सी प्रदान गरेको हो ।
बैंकले बैंकिङ्ग सेवाको साथै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाई सहयोग गर्दै आएको छ । त्यस्तै, बैंकले विभिन्न समयमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सहयोग गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्