१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हङकङमा कोरोना नियन्त्रणका लागि नयाँ नियम लागू


117
Shares

काठमाडौं । हङकङले कोरोना भाइरस नियन्त्रणका लागि नयाँ नियम लागू गरेको छ ।

कोरोना संक्रमण दर पुनः बढ्न थालेपछि विदेश भ्रमणबाट हङकङ फर्केका नागरिकहरुलाई ३ दिन होटेल क्वारेन्टिनमा बस्नु पर्ने नियम लागू गरेको हो । ३ दिनको होटेल क्वारेन्टिनपछि चिकित्सकको निगरानीमा ४ दिनसम्म होम आइसोलेशनमा बस्नुपर्ने भएको छ ।

यसैगरी हङकङ भ्रमणमा जाने विदेशी नागरिकको हकमा भने ७ दिन अनिवार्य रुपमा होटेल क्वारेन्टिनमा बस्नुपर्ने भएको छ। हङकङका हरेक शहरका जिम हल, र बारहरुमा कोरोनाको खोप लगाएकाहरुलाई मात्रै प्रवेश दिइने भएको छ ।

हङकङमा कोरोनाका कारण १३ लाख ८५ हजार बढी संक्रमित हुँदा ९ हजार ५ सय ४० जनाको मृत्यु भइसकेको छ ।