९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


कांग्रेसले निर्वाचित पालिका प्रमुख र उपप्रमुखका लागि प्रशिक्षण कार्यक्रम गर्ने


78
Shares

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहमा निर्वाचित पालिका प्रमुख र उपप्रमुखका लागि अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

आज (साेमबार) बिहान बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले यही साउन ३० र ३१ गते प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको नेपाली कांग्रेस एक नेताले जानकारी दिए । कांग्रेसले स्थानीय निर्वाचनमा ३ सय २९ जना प्रमुख र ३ सय उपप्रमुख जितेको थियाे ।

कांग्रेसले उनीहरूलाई काठमाडौं बोलाएर स्थानीय सरकार सञ्चालनका सन्दर्भमा अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।