
काठमाडौं । विशाल सिमेन्टका पूर्वसञ्चालक अमित श्रेष्ठविरुद्ध ४८ करोड रुपैयाँ भन्दाबढी बिगो मागदाबीसहित मुद्दा दायर भएको छ ।
क्रिप्टो करेन्सीमा लगानी तथा कारोबार गरेको पाइएपछि पक्राउ परेका श्रेष्ठ जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले श्रेष्ठविरुद्ध ४८ करोड ४ लाख ७२ हजार ५४८ रुपैयाँ बिगो मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
श्रेष्ठलाई ७ वर्ष कैद सजायको समेत मागदाबी गरिएको छ । श्रेष्ठले राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ को उपदफा (१) र (२) बमोजिमको कसुर गरेको अभियोगपत्रमा दाबी गरिएको हो ।
श्रेष्ठले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्था विपरीत (गैरकानुनी) रुपमा भर्चुअल मुद्राको कारोबार गरेको अभियोग पत्रमा दाबी गरिएको छ । नेपालमा गैरकानूनी मानिएको क्रिफ्टो करेन्सीमार्फत् अवैध रुपमा आर्जन गरेको र नेपालबाट हुण्डीमार्फत विदेशमा रकम पठाएर सञ्चित गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ । श्रेष्ठले क्यानडा, अस्ट्रेलियालगायतका देशहरुका बैंकमा रकम जम्मा गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्