१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम भदौ अन्तिमबाट सुरु हुने


676
Shares

काठमाडौं । नेपाल–भारत पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम भदौको अन्तिम साताबाट सुरु हुने भएको छ ।

नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन (आईओसी) का अधिकारीबीच भारतमा भएको छलफलमा यस्तो समझादारी भएको नेपाल आयल निगमले जनाएको छ ।

परियोजनाअन्तरगत नेपालतर्फको पाइपलाइनको अन्तिम बिन्दु अमलेखगन्जमा ४१ हजार लिटरका २ वटा भण्डारण ट्यांकी निर्माणको काम बाँकी छ । निगमका नयवकार्यकारी निर्देशक सुशील भट्टराई नेतृत्वको टोली र भारतीय अधिकारीबीच भएको छलफलमा भदौ अन्तिमदेखि परियोजनाको दोस्रो चरणका काम थाल्ने प्रतिवद्धता भारतीय अधिकारीहरुले जनाएको निगमले जनाएको छ ।

मोतीहारी अमलेखन्ज पेट्रोलियम पाइपलाइन परियोजनको दोस्रो चरणको काम अन्तरगत ८२ हजार लिटर क्षमताका २ वटा भण्डार ट्यांकी र त्यसमा इन्धन लोड अनलोडको पूर्वाधार बजनाउन बाँकी छ । ४१ किलोलिटर क्षमताको एउटा ट्यांकी निर्माणका लागि भारतीय आयल कर्पोरेसन र दोस्रोको लागि नेपाल आयल निगमले लगानी गर्ने समझादारी छ ।

२ वटा पेट्रोल ट्यांकीमा २४ वटा लोड अनलोड–वे निर्माण पनि हुने छ । दोस्रो चरणको आयोजनाको काम सम्पन्न भएपछि पाइपलाइनमार्फत नेपालमा पेट्रोल ल्याउने बाटो खुल्ने छ । भण्डारण ट्यांकी निर्माणका लागि आवश्यक प्लेट पाताहरु नेपाल ल्याउने काम आईओसीले सुरु गरिसकेको पनि निगमको भनाइ छ ।

आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले भने निगम वित्तीय रुपले कमजोर भएकाले तत्काल नेपालले लगानी गर्ने अवस्था नरहेको बताउनुभयो । नेपाल र भारतको लगानीमा मोतीहारी अमलेखगन्ज ६९ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन २०७६ भदौ २४ गतेबाट सञ्चालनमा आएको थियो ।

पाइपलाइन निर्माणका लागि भारतले ५ अर्ब ८८ करोड रुपैयाँ लगानी गरेको थियो ।