
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरुको नागरिकतामा अपमानपूर्वक राखिएको नामहरु सच्याउन माग गर्नुभएको छ ।
सोमबारको राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सुनारले दलित समुदायका व्यक्तिहरुलाई नागरिकता लिदाँ अपमानपूर्वक नाम राखिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले दूरदराजका दलित समुदायका व्यक्तिहरुको नाम तत्कालिन प्रशासनले विगारिदिएको भन्दै उनिहरुको नाम सच्याउन गृहमन्त्रीसँग माग गर्नुभयो ।
सांसद सुनारले यस्तो त्रुटीहरुको खोजी गर्न राष्ट्रिय दलित आयोग र दलित अभियन्ताहरुलाई पनि आग्रह गर्नुभयो ।
उहाँले नागरिकतामा गलत नाम लेखिदिएर दलित समुदायको स्वाभिमान माथि अपमान भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्