
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चढेको सिम्रिक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।
सोमबार दिउँसो पार्टी कार्यक्रमका लागि रौतहटको गौर जान उडेको सो हेलिकोप्टर खराब मौसमका कारण सिमरा विमानस्थलमा आकस्मिक अवतरण भएको हो ।
वर्षाका कारण हेलिकप्टर गौर जान नसकेर सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको बताइएको छ । हेलिकप्टरमा अध्यक्ष ओलीसहित उहाँका सहयोगी सवार थिए । मौसम सुधार नभएपछि अध्यक्ष ओली आधा घण्टापछि स्थालमार्ग हुँदै रौतहट जानुभएको छ ।
प्रतिक्रिया दिनुहोस्