
काठमाडौं । चीनले ताइवान वरपरको समुद्री र हवाई क्षेत्रमा नयाँ सैन्य अभ्यासलाई निरन्तरता दिने भएको छ ।
अमेरिकाकाे तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको गत हप्ताको ताइपेइ भ्रमणको विरोधमा ताइवान आसपासमा भीषण सैन्य अभ्यास गरिरहेको चीनले आइतबार सकिनुपर्ने अभ्यास निरन्तर रहने बताएको छ । चीनले ताइवानको पानीमुनि चल्ने जहाज र समुद्री आक्रमण विरोधी कार्यहरूमा केन्द्रित भएर अभ्यास गर्ने जनाएको छ ।
यद्यपी अभ्यासको अवधि र स्थानका विषयमा भने प्रष्ट पारिएको छैन् । उता ताइवानले चिनियाँ युद्धक विमानले पटक-पटक आफ्नो सीमा मिचेको भन्दै ताइवानमाथि आक्रमणको आशंका ब्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्