
काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौंबाट तीन जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा भारतका राजु अग्रवाल, सिन्धुपाल्चोकका रामहरी दुलाल, रौटहट चन्द्रपुरका सुदीप आचार्य रहेका छन ।
प्रहरीले उनीहरुलाई काठमाडौंको नरदेविबाट श्रोत नखुलेको ७४ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट विभिन्न व्यक्तिको नाममा काटिएको २६ लाख ३२ हजार ८ सय ५० रुपैयाँ बराबरको चेक बरामद गरिएकोे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रबक्ता कृष्ण कुमार कोइरालाले बताउनुभयो ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहर पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्