
काठमाडौं । चीनमा अर्को नयाँ भाइरस भेटिएको छ ।
चीन र सिंगापुरका वैज्ञानिकहरूको अध्ययनले चीनको शानडोङ र हेनान प्राप्तका ३५ जनामा जुनोटिक लाङया नामक भाइरसको संक्रमण देखिएको चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले जनाएको छ ।
संक्रमित ३५ जना जनामध्ये २६ जनामा ज्वरो आउने, थकाइ लाग्ने, खोकी लाग्ने, भोक नलाग्ने, मांसपेशी दुख्ने, टाउको दुख्ने र बान्ता हुने जस्ता लक्षण देखिएको छ ।
जनावरबाट मानिसमा सर्ने यो भाइरस मानिसबाट मानिसमा सर्ने नसर्नेबारे अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्