
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश चोेलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग यही संसदबाट टुंगो लाग्ने दाबी गर्नुभएको छ ।
मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उहाँले यही संसदले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको टुंगो लगाउनुपर्ने बताउनुभएको हो ।
उहाँले समितिले छिटै अध्ययन र अनुसन्धानका कामहरु गरेर आफ्नो जिम्मेवारी पूरा गर्ने कुरामा माओवादी केन्द्र आशावादी रहेको बताउनुभयो । उहाँले तीन महिना भनेको अधिकतम समय भएको उल्लेख गर्दै यसलाई टुंगोमा पु¥याउने गरेरै महाअभियोग अघि बढाइएको बताउनुभयो ।
सांसद पुनले आगामी प्रदेश र संघको निर्वाचनमा २०७९ को स्थानीय तहको निर्वाचनलाई आधार माने र पनि सिट बाँडफाँट हुने बताउनुभयो । उहाँले पार्टीहरुका गम्भीरता र संवेदनशीलतालाई हेरेर र गठबन्धन, सरकार निर्माणमा योगदान गर्ने नेता र जनप्रतिनिधिलाई प्राथमिकतामा राखेर सिट बाँडफाँट गर्न लागेको पनि बताउनुभयो ।
सांसद पुनले अहिलेको संसदमा कुनै न कुनै रुपले प्रतिनिधित्व गर्ने सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा फेरि उम्मेदवारी दिने वा सम्बन्धित पार्टीले त्यो क्षेत्रमा दाबी गर्नेकुरा स्वभाविक भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्