
web pic
कैलालीः धनगढी उपमहानगरपालिका–३ चटकपुरमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
धनगढीबाट अत्तरीयातर्फ जाँदै गरेको से २ प ५२८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा पछाडी चढेका डोटीको जोराइल गाउँपालिका–१ का २७ वर्षीय चित्र मडैको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका उनको धनगढीमै रहेको मायामेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चालकलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्